एनआईसी बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

काठमाडौँ, २७ साउन । एन आई सी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु. २५०० र संस्थागत रुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गर्नु भएको छ ।

ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु. २५०० छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहनु भएका ग्राहकहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्नेछन् ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहक महानुभावहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ । सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष