ट्रम्पद्वारा वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा

एजेन्सी, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन् । ट्रम्पले सार्वजनिक सुरक्षा आपतकाल घोषणा राजधानीको प्रहरी विभाग (एमपीडी)लाई केन्द्रीय नियन्त्रणमा लिएका छन् ।

ट्रम्पले सोमबार वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै ८०० नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरेको बीबीसीले जनाएको छ ।
 
 यी सैनिकहरूले गत हप्ताको अन्त्यमा तैनाथ गरिएका सयौँ संघीय कानुन प्रवर्द्धन अधिकारीहरूलाई सहयोग गर्नेछन् ।

यी सैनिकले सहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने कार्य गर्ने बताइएको छ । यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट अफ कोलम्बियालाई होम रूल ऐनको प्रयोग गरी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिएको बताएका थिए ।

उनले पत्रकारहरूलाई भने, “तपाईंहरू लुटपाट, बलात्कार, गोलीबारी वा हत्या भएको हेर्न चाहनुहुन्न ।” ट्रम्पले वासिङ्टन डीसीमा हत्याको दर पृथ्वीको सबैभन्दा खराब स्थानमाभन्दा पनि उच्च रहेको र कार चोरीका घटनाहरूमा समेत वृद्धि भएको बताएका थिए ।

तर, सहरकी मेयर मुरियल बोउजरले राष्ट्रपतिका अपराधसम्बन्धी दाबीहरूलाई अस्वीकार गर्दै सन् २०२३ मा अपराधमा वृद्धि भएको भए पनि तथ्यांकले त्यसयता अपराध घटेको बताएकी छन् । सहरमा हिंसात्मक अपराध पनि ३० वर्षकै न्यून बिन्दुमा रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा उनको साथमा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डी थिइन् । बन्डीले नै संघीय नियन्त्रणमा रहेको अवधिमा सहरको प्रहरी बलको नेतृत्व गर्ने बताइएको छ ।

उनले राजधानी हिंस्रक गिरोहहरू, हत्यारा, अपराधी, लागूपदार्थका दुव्र्यसनीहरू र घरबारविहीन व्यक्तिहरूको कब्जा भएको पनि दाबी गरेका थिए ।

यो कदमलाई वासिङ्टन डीसीको मुक्ति दिवस भन्दै उनले आफ्नो राजधानी फिर्ता लिने घोषणा पनि गरे । 
ट्रम्पले एक पूर्वकर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै गुण्डाहरूको समूहले तिनलाई निर्ममरूपमा कुटपिट गरी रक्ताम्य अवस्थामा छोडिदिएको बताए । 

राष्ट्रपतिले सरकारी कर्मचारीहरू, एक डेमोक्रेटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारी कामकाजमा अवरोध उत्पन्न गरेको र यो अमेरिकाका लागि खतरा भएको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता