एजेन्सी, २४ साउन । एथेन्सको दक्षिणपूर्वी कराटियामा लागेको भीषण डढेलोमा एक वृद्धको मृत्यु भएको छ ।
टोगानी क्षेत्रमा आफ्नै घरभित्र उनको शव फेला परेको ग्रीक अग्नि नियन्त्रण विभागले जनाएको छ । शुक्रबार दिउँसो मनाउत्सो क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिँदै सात बस्ती खाली गरिएका छन् ।
करिब सात किलोमिटर फैलिएको आगो नियन्त्रणका लागि करिब १९० अग्नि नियन्त्रक, ४४ सवारीसाधन र हेलिकप्टर तथा विमान परिचालन गरिएको छ ।
ग्रीसका अन्य भागहरूमा पनि २४ घण्टाभित्र ५० भन्दा बढी डढेलोको घटना भएको अधिकारीहरूले बताएका छन् ।







