प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री आचार्य

बुटवल, २४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गर्नुभएको हो । उहाँले सिपयुक्त व्यक्ति कहिल्यै भौँतारिरहनु पर्दैन भन्दै जुनसुकै स्थानमा भए पनि पेशा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुने बताउनुभयाे । 

मुख्यमन्त्रीले भन्नुभयो, “प्राविधिक विषयको अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन । कसैले रोजगारी पाउँछ, कसैले आफैँ उद्यम सुरु गर्छ । त्यसैले विद्यार्थीहरूलाई सिप सिकाउने कार्यमा शिक्षालयहरू अझ सक्रिय हुन जरुरी छ ।”

उहाँले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोही अनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री आचार्यले शिक्षालयको निरीक्षण गर्दै अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउन, विद्यार्थीको मागअनुसार नयाँ विषयहरू थप गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर