विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन चीनमा

एजेन्सी, २३ साउन । सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ उत्पादन गरेको तथ्याङ्कले देखाएको छ ।

बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले विश्वका सात वटा देशले सामान्य प्रकारका प्लास्टिकको दुई तिहाइ हिस्सा उत्पादन गरेका जनाएका छन् । 

धेरै प्लास्टिक उत्पादन गर्ने मुलुकमध्ये पनि छ वटा मुलुकले उत्पादन गर्ने सामान्य प्लास्टिकको मात्रा चीन एक्लैले उत्पादन गर्नेगरेको तथ्याङ्कले देखाउँछ । विश्वका १८४ देशले जेनेभामा प्लास्टिक प्रदुषणको समस्या अन्त्य गर्ने उद्देश्यले पहिलो पटक भएको सन्धिको वार्तामा साझा आधार खोज्ने प्रयास गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘युनोमिया’ र ‘जिरो कार्बन एनालिटिक्स’ को अध्ययनले सबैभन्दा व्यापक रूपमा प्रयोग हुने प्लास्टिकको शुद्ध उत्पादन (भर्जिन पोलिमर) को उत्पादनमा ध्यान केन्द्रित गर्दछ ।  पोलिथिलीन (पिई), पोलिप्रोपाइलीन (पिपी), पोलिथिलिन टेरेफथलेट (पिइटी) र पोलिस्टिरिन (पिएस) सामान्यतया पेय बोतलहरूमा प्रयोग गरिन्छ ।

गत वर्ष ठूला चार वटा पोलिमर प्लास्टिकको उत्पादनमा चीन ३४ प्रतिशत, संयुक्त राज्य अमेरिका १३ प्रतिशत र साउदी अरब पाँच प्रतिशत जिम्मेवार रहेको अध्ययनले देखाएको छ।

त्यसैगरी दक्षिण कोरिया पाँच प्रतिशत, भारत चार प्रतिशत, जापान तीन प्रतिशत र जर्मनी दुई प्रतिशत पोलिमर प्लास्टिकको उत्पादनका लागि जिम्मेवार छन् । 

वुड म्याकेन्जीका अनुसार विश्वको अग्रणी उत्पादक चीनको सरकारी स्वामित्वको चाइना पेट्रोलियम एन्ड केमिकल कर्पोरेसन (सिनोपेक) हो । 

सिनोपेकले मात्र विश्वको ५.४ प्रतिशत प्लास्टिक उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता