काठमाडौँ, २२ साउन । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले शिक्षक महासङ्घका नेतृत्वलाई पेसाप्रति जिम्मेवार बनाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले नेतृत्वले शिक्षण नगर्ने तर शिक्षक नेता हुँ भन्दै हिँड्ने परिपाटीले शिक्षामा गुणस्तरीयता आउन नसक्ने बताइन् ।
उनले भनिन्,‘नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूलाई पनि पेसागत रूपमा जिम्मेवार बनाउनुपर्छ । शिक्षक नेता हुँ भन्ने तर शिक्षण नगरेर हुँदैन । यसरी शिक्षामा गुणस्तरीयता आउँदैन ।’





