‘सुख दुःख’मा बिपना थापा अनुबन्धित

काठमाडौँ, २२ साउन । अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीको निर्देशन रहेको फिल्म ‘सुख दुःख’मा बिपना थापाको पनि अनुबन्धित भएकी छन् ।

निर्माण युनिटले फिल्ममा मुख्य भूमिका रहने गरेर उनलाई अनुबन्धित गरेको हो । यसअघि निता र बिपनाले फिल्म ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए । यो उनीहरूको दोस्रो सहकार्य हो ।

बिपनाले फिल्म ‘सुख दुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन् । उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र निताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको बताइन् । 

आगामी फागुनबाट छायाङ्कनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायाकार कबिरलाल र शाहिदलालले छायाङ्कन गर्दैछन् । ‘निता फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको