काठमाडौं, १३ मंसिर । मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ ।
भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् ।
मिस वल्र्डको आधिकारिक फेसबुक पेजका अनुसार : ‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’
श्रृंखलालाई भोट गर्ने तरीका :
श्रृंखलाको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने
मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने
मोबस्टार एपबाट एप डाउनलोड गर्ने ।
नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्ने ।
मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्ने ।
उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्ने ।
हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।
साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ ।
मा गएर उनको फोटो लाइक गर्ने ।
मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।






