पशुपति शर्मा सवार कार दुर्घटना

काठमाडौँ, २१ साउन । लोकगायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।

आज पोखराबाट स्याङ्जाको वालिङ जाँदै गरेका शर्माको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार, शर्मा सवार ग १ च ४१७१ नम्बरको कार कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो । कारमा शर्मासहित पाँचजना सवार थिए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको