राष्ट्रपतिद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई

काठमाडौँ, १९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘म्याट्रिक्स फाइटर नाइट–१७’मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

आज राष्ट्रपति पौडेलले मिक्स मार्सल आर्ट (एमएमए)फाइटर रवीन्द्रलाई बधाई दिएका हुन् । “नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा बान्टमवेट च्याम्पियनसिप उपाधि जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु,” राष्ट्रपति पौडेलले भनेका छन् । 

गत शनिबार राति रवीन्द्रले भारतका चुनरेङ कोरेनलाई हराएर उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको