सेयर बजार आज ६३.७३ अंकले घट्यो

काठमाडौँ, १८ साउन । आज सेयर बजार ६३.७३ अंकले घटेको छ ।

आज नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो ।

बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो । सबै समूहका सूचक घटेका छन् ।

अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।

दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४.५५, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ तथा लुम्बिनी विकास बैंकको २.५० प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको