फिल्म ‘बुकी’को फष्ट लुक्स सार्वजनिक

काठमाडौँ, १८ साउन । फिल्म ‘बुकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।

मोहन केसी निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । फिल्मले खेलकुद तथा प्रकृति बिचको सम्बन्धको कथा बताइन्छ ।

फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी हुन् । लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत  निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिम्सिना, गानु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, निशा बजगाईँ लगायतको अभिनय छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको