इयूद्वारा मकाउका पूर्व सांसदको गिरफ्तारीको निन्दा

एजेन्सी, १८ साउन । युरोपेली सङ्घ (इयू) ले मकाउले लोकतन्त्र पक्षधर पूर्व सांसद अउ काम सानलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ । अउ शहरको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ पर्ने पहिलो व्यक्ति हुन् ।

अधिकारीहरूले बिहीबार ६८ वर्षीय अउ (प्राथमिक विद्यालयका शिक्षक) को चीनलाई खतरामा पार्ने विदेशी समूहसँग सम्बन्ध रहेको आरोप लगाएका थिए ।

युरोपेली सङ्घकी प्रवक्ता अनिता हिप्परले एक विज्ञप्ति जारी गर्दै भनिन्, “यो घटनाले मकाउको विशेष प्रशासनिक क्षेत्रमा राजनीतिक बहुलवाद र अभिव्यक्ति स्वतन्त्रताको निरन्तर क्षयीकरणको बारेमा विद्यमान चिन्तालाई थप बढाएको छ ।”

पूर्व पोर्चुगाली उपनिवेशमा स्थापित मानव अधिकार र मौलिक स्वतन्त्रताप्रतिको सम्मान मकाउको आधारभूत कानुन र ‘एक देश, दुई प्रणाली’ को केन्द्रीय तत्व हो भन्ने कुरा इयूले स्मरण गरेको छ ।

सन् १९९९ मा चीनले मकाउलाई पोर्चुगलबाट फिर्ता लिएपछि हङकङ नजिकैको क्षेत्र र क्यासिनोका लागि परिचित यो क्षेत्रले आफ्नै कानुनी प्रणाली कायम राखेको छ ।

राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने सुरक्षा कानुन सन् २००९ मा पारित भए पनि सन् २०२३ मा यसलाई व्यापक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५,

काठमाडौँ, १६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो