श्रम तथ्याङ्क आयोगकी प्रमुखलाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई तुरुन्त बर्खास्त गर्न निर्देशन दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै, ‘मैले आफ्नो टोलीलाई बाइडेनले नियुक्त गरेका राजनीतिक अधिकारीलाई तुरुन्त हटाउन निर्देशन दिएको छु,’ भनेका छन् ।

शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिको दर अघिल्ला अनुमानभन्दा धेरै कम भएको देखिएको छ, जुन अर्थतन्त्रका लागि चिन्ताजनक मानिएको छ ।

ट्रम्पले प्रमाण नदेखाई म्याकएन्टारफरमाथि रोजगारीका तथ्याङ्कलाई चुनावअघि हेरफेर गरेर उपराष्ट्रपति कमला ह्यारिसको जित सम्भावना बढाउने प्रयास गरेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न