नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने

काठमाडौँ, १५ साउन । नेपालले सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ । १० राष्ट्र सहभागी रहने प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपका लागि स्थान बनाउनेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन् । एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ ।

अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ । नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार