ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

एजेन्सी, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन् । उनले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताएका छन् ।

जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो ।

सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ । सन् २०२४ मा अमेरिकासँग ५६ अर्ब डलरको व्यापार लाभ कमाएको दक्षिण कोरियाका लागि यो सम्झौता सफल रूपमा प्रस्तुत गरिएको छ ।

१५ प्रतिशतको भन्सारकर दक्षिण कोरियाका मुख्य निर्यात सामानहरु कार र सेमिकण्डक्टरमा लागू हुनेछ । तर स्टिल र एलुमिनियमजस्ता अन्य महत्त्वपूर्ण सामानहरुमा भने ट्रम्पले तोकेको ५० प्रतिशतको विश्वव्यापी दर अनुसार कर लाग्नेछ ।

यद्यपि, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगले यो सम्झौतालाई अन्य राष्ट्रहरूसँग बराबरी वा अझ राम्रो स्थितिमा राख्ने सम्झौता भएको भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । ३५० अर्ब डलरमध्ये १५० अर्ब डलर अमेरिकी युद्धपोत तथा अन्य जलपोत निर्माणका लागि लगानी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा