फिल्म ‘सितारे जमीन पर’ सीधै युट्युबमा रिलिज हुने

काठमाडौँ, १३ साउन । बलिउड अभिनेता तथा निर्माता आमिर खानले आफ्नो पछिल्लो सुपरहिट फिल्म ‘सितारे जमीन पर’लाई सीधै युट्युबमा रिलिज गर्ने भएका छन् ।

दर्शकले १०० रुपैयाँ भारु (१६० रुपैयाँ नेरु) तिरेर यो फिल्म युट्युबमा हेर्न सक्नेछन् । ‘मूभिज-अन-डिमान्ड’ मोडलमा यो फिल्मलाई रिलिज गर्न लागिएको आमिरलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

विश्वब्यापी ३० मिलियन डलरको कमाइ गरेको यो फिल्म दर्शकले युट्युबमा भारतसहित ३८ अन्तर्राष्ट्रिय बजारमा हेर्न सक्नेछन् ।

‘लगभग १५ वर्ष पहिले, मैले महसुस गरें कि हाम्रा सबैभन्दा सफल फिल्महरू जस्तै ’थ्री इडियट्स’ वा ’दंगल’, थिएटरमा हेर्ने मानिसको तथ्याङ्क जनसंख्याको लगभग २-३% हो’ खानले भेराइटीलाई भने, ‘त्यसोभए मेरो मनमा आएको अर्को विचार के हो भने, हामी बाँकी ९७-९८% सम्म कसरी पुग्ने ?’

युट्युबमा रिलिज गर्ने उनको यो निर्णयलाई ओटीटीलाई उनको चुनौतीको रुपमा हेरिएको छ । खानले डिजिटल भुक्तानी र इन्टरनेटको बढ्दो पहुँच, स्मार्टफोन र स्मार्ट टिभीको प्रसारजस्ता कुराले यो निर्णयलाई व्यवहारिकरुपमा सफल बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व