फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

पेरिस, ९ साउन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका छन् ।

यो निर्णयसँगै फ्रान्स प्यालेस्टाइनलाई मान्यता दिने पहिलो जी सेभेन राष्ट्र बन्नेछ । म्याक्रोँले एक्समा गरेको पोस्टमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको एक सत्रमा औपचारिक घोषणा गरिने बताएका छन् ।

उनले लेखेका छन्, ‘आजको तत्काल आवश्यकता गाजा युद्ध अन्त्य गर्नु र नागरिकलाई बचाउनु हो। शान्ति सम्भव छ । हामीलाई तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ, र गाजाका मानिसहरूलाई ठुलो मात्रामा मानवीय सहायता आवश्यक छ।’

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोँको निर्णयको स्वागत गरेका छन्, जबकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको ७ अक्टोबर २०२३ को इजरायलमा भएको आक्रमणपछि यो कदमले ‘आतंकलाई पुरस्कृत’ गर्ने बताएका छन् ।

अमेरिकी विदेश सचिव मार्को रुबियोले म्याक्रोँको घोषणालाई ‘कठोर’ भन्दै संयुक्त राज्य अमेरिकाले यसलाई ‘कडा रूपमा अस्वीकार’ गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन