पाँच वर्षपछि भारतले चिनियाँ पर्यटकलाई भिजा दिन सुरु

काठमाडौँ, ८ साउन । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ ।

यो निर्णय २०२० मा गलवान घटनापछि बिग्रिएको भारत–चीन सम्बन्धमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।

चीनको विदेश मन्त्रालयले भारतको निर्णयलाई स्वागत गर्दै भनेको छ, “भारतको यो कदम सकारात्मक छ। पर्यटन र आपसी आवागमन दुवै देशका लागि लाभदायक हुनेछन् ।” साथै चीनले भारतसँग सम्पर्कमा रहेर पर्यटन सुधारमा सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ । कोरोना महामारी र गलवान झडपपछि दुवै देशले एक–अर्कामाथि वाणिज्य र यात्रासम्बन्धी कयौँ प्रतिबन्ध लगाएका थिए । तर जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति