गाजामा भोक र कुपोषणले एक पुस्ताको अस्तित्व नै सङ्कटमा

एजेन्सी, ८ साउन । संयुक्त राष्ट्रको विभिन्न निकायहरूले गाजामा भोक र कुपोषणको कारण भयावह स्थिति सिर्जना भएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार गाजामा गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमध्ये २० प्रतिशत महिलाहरू कुपोषणको सिकार भएका छन् ।

संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए) ले गाजामा ‘भोकमरी, मानसिक पीडा र स्वास्थ्य सेवाको कमी’ को कारण गर्भवती महिलाका लागि सुरक्षित रूपमा बच्चा जन्माउने अवस्था निकै जटिल बनेको जनाएको छ ।

यूएनएफपीएले चेतावनी दिएको छ कि यस्तो अवस्था ‘पूरै पुस्ताको अस्तित्वका लागि खतरापूर्ण’ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति