‘सैयारा’ले दुई दिनमै ४८.२५ करोड भारु कमायो

मुम्बई, ५ साउन । नवकलाकार अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले रिलिजको दुई दिनमै ४८.२५ करोड भारुको प्रभावशाली कमाइ गरेको छ ।

फिल्मले पहिलो दिन २२ करोड र दोस्रो दिन २६.२५ करोड रुपैयाँ कमाएको छ । फिल्म १८ जुलाई २०२५ मा विश्वव्यापी रूपमा रिलिज भएको हो । पहिलो दिन केही मल्टीप्लेक्सहरूले स्क्रिन सङ्ख्या बढाएपछि कलेक्सनको विवरण परिमार्जन गरिएको थियो ।

शनिबार मात्र फिल्मले बुक माई शो प्लेटफर्ममा ५ लाखभन्दा बढी टिकट बेच्यो । रातसम्म यो सङ्ख्या ७ लाख पुगेको थियो, जुन वर्तमान समयमा निकै दुर्लभ उपलब्धि मानिन्छ ।

फिल्म ट्रेड विश्लेषक आमिर अन्सारीका अनुसार ‘सैयारा’ को सफलता धेरै हिसाबले ऐतिहासिक बन्ने देखिएको छ । उनले फिल्मले भारतमै २०० करोड भारु नेट कमाउने क्षमता राख्ने बताउँदै, विश्वव्यापी रूपमा २५० करोड पार गर्न सक्ने प्रक्षेपण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने

काठमाडौँ, २ असोज । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने