सुटिङका क्रममा शाहरुख खान घाइते

काठमाडौँ, ३ साउन । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’ को सुटिङका क्रममा घाइते भएका छन् ।

मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक एक्सन सिन खिच्दै गर्दा उनी घाइते भएका हुन् । बलिउड हंगामाले स्रोतको हवाला दिँदै जानकारी दिएको अनुसार, शाहरुखलाई कहिले र कहाँ चोट लाग्यो भन्ने विवरण स्पष्ट भइनसकेको भए पनि उनी हाल अमेरिकामा उपचार गराइरहेका छन् । 

स्रोतका अनुसार, मांसपेशीमा चोटका कारण शाहरुखको सर्जरी गरिएको छ र चिकित्सकहरूले उनलाई कम्तीमा एक महिनाको आराम गर्न सल्लाह दिएका छन् ।

फिल्म ‘किङ्ग’को सुटिङ अब सेप्टेम्बर वा अक्टोबरमा मात्र सुरु हुने बताइएको छ, जब शाहरुख पूरै निको हुनेछन् । जुलाई–अगस्ट महिनामा फिल्म सिटी, गोल्डन टोबैको स्टुडियो र वाईआरएफ स्टुडियोमा तय गरिएको सुटिङ कार्यक्रम रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने

काठमाडौँ, २ असोज । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने