भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ, ३ साउन । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।

ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरिन । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गरिन । यसअघिको खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७-० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३-२ गोलले पराजित भएको थियो ।

यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार