जेलेन्स्कीद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी, २ साउन । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । २०२२ मा रुसी आक्रमण सुरु भएपछि उनी देशको पहिलो नयाँ सरकार प्रमुख बनेकी हुन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले थकित युक्रेनलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेको बताएका हुन् ।

राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्रीसहित सरकारी शीर्षस्थ नेताहरूलाई फेरबदल गर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री डेनिस स्मिहल युक्रेनको इतिहासमै सबैभन्दा लामो समय पाँच वर्षसम्म प्रधानमन्त्री रहेका थिए । उनी ४ मार्च २०२० मा युक्रेनको प्रधानमन्त्री बनेका थिए ।

संसदीय वेबसाइटका अनुसार स्मिहललाई प्रधानमन्त्रीबाट हटाएर रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्मा अन्य परिवर्तनहरू अपेक्षित रहे पनि प्रधानमन्त्रीका रूपमा स्विरिडेन्कोको नियुक्ति यति बेला चर्चाको विषय बनेको छ ।

अमेरिका–युक्रेन खनिज सम्झौताको वार्तामा मुख्य भूमिका खेलेकी स्विरिडेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग उच्चस्तरीय वार्तामा युक्रेनको प्रतिनिधित्व गर्दै आएकी छन् । जसमा रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति