फेसबुकले गर्यो १ करोड फेक अकाउन्ट बन्द

काठमाडौँ, ३२ असार । सोसल मिडिया प्लाटफर्म फेसबुकले १ करोड नक्कली अकाउन्टहरुलाई ब्लक गरिदिएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा उक्त संख्याका फेसबुक अकाउन्ट बन्द गरिएको हो ।  

ती अकाउन्टहरूले गोप्य रूपमा दोहोरो प्रोफाइल चलाउँदै फेसबुकको एल्गोरिदम तथा फेसबुकका आम प्रयोगकर्ता अर्थात अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरेका मेटाले जनाएको छ। मेटाले त्यसलाई “Spammy Content” को नाम दिएको छ ।

कम्पनीका अनुसार फेसबुक फीडलाई थप विश्वसनीय, सामयिक, स्वच्छ तथा प्रामाणिक बनाउनका लागि यस्तो कदम उठाइएको हो ।  मेटाले उठाएको यो कडा कदम फेक अकाउन्ट र स्पाम गतिविधिहरूको नियन्त्रण गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

नेपाली सेनामा २२ वर्ष सेवा गरेर प्राज्ञिक क्षेत्रमा प्रवेश गरेका माधव थापाका निर्वाचन रणनीति र नेपालमा चीन–भारतको भू–राजनीतिक प्रतिस्पर्धासम्बन्धी दुई

काठमाडौँ, २६ असोज । २०८३ साल असोज २६ गते सोमबारको राशिफल । मेष : धनलक्ष्मी योग परेको छ। बोली र