साफ महिला च्याम्पियनशिपमा श्रीलङ्कालाई नेपालले हरायो

काठमाडौँ, ३२ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो ।

नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई,  समिक्षा मगर र सरिताकुमारी नाथले समान एक गोल गरे ।

यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन । तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।

हिजै भएको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई ४–१ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार