अमेरिकाबाट सैन्य आपूर्ति फेरि सुरु भयो : जेलेन्स्की

एजेन्सी, २९ असार । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् ।

अमेरिकाले गएको साता युक्रेनमा महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग आफूले नेटोसँग सम्झौता गरेको बताएका थिए ।

गठबन्धनमार्फत अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनलाई प्रदान गरिने उनले उल्लेख गरेका थिए । यो निर्णय रुसको बढ्दो हवाई आक्रमणपछि लिइएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियारको आपूर्ति रोकिएबाट आफ्नो देशको सुरक्षामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन