युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गरेका छन ।

आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गरेका हुन् ।

ट्रम्पको घोषणापछि जर्मनीको प्रमुख उद्योग निकाय ‘जर्मन इन्डस्ट्रिज फेडेरेसन (बीडीआई) ले शनिवार वासिङ्टन र युरोपेली सङ्घलाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।

ट्रम्पको घोषणा एटलान्टिकका दुवै किनारका उद्योगहरूका लागि चेतावनी स्वरूप आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिका र युरोपबीचको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा आघात पुग्ने बताए ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तत्काल संवाद र सहमतिका लागि आह्वान गर्दै तनाव नियन्त्रणमा राख्न जोड दिएको छ । अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन