युक्रेनलाई फेरि सैन्य सहायता दिन अमेरिका तयार

एजेन्सी, २८ असार । रुसको बढ्दो हवाई आक्रमणकाबीच अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता दिन तयार भएको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् ।

गएको हप्ता रोकिएको सहायता फेरि शुरू भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत युक्रेनलाई पेट्रियट हवाई रक्षा प्रणाली पठाउने सम्झौता भएको बताएका छन् ।

यसअघि युक्रेनले १० वटा पेट्रियट प्रणालीको माग गरेको थियो । जर्मनी र नर्वेले युक्रेनका लागि केही प्रणालीको खर्च बेहोर्ने प्रतिबद्धता जनाएको जेलेन्स्कीले  बताए । अन्य युरोपेली देश पनि सहायता दिन इच्छुक छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई आफूसँग रहेका प्रणाली तुरुन्त युक्रेनलाई हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय युक्रेनमाथि भएका रकेट, ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण जुन महिनामा मात्रै २३२ नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

पेट्रियट प्रणाली एक अत्याधुनिक, तर महँगो सुरक्षा प्रणाली हो जसको मूल्य करिब १ अर्ब डलर पर्छ । अहिले युक्रेनमा कति प्रणाली छन् भन्ने जानकारी गोप्य राखिएको छ, तर थप प्रणालीले थप शहरहरूलाई सुरक्षा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन