२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि

काठमाडौँ, २७ असार । बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जीत निकालेको थियो ।

प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्काबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगीतामा हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अङ्क ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।

नेपालले आज भुटानसँग, पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भुटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न

काठमाडौँ, १६ भदौ । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको