बर्थ राइट सिटिजनसिप विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो

वाशिङ्टन, २७ असार । अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ ।

केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेशको तत्काल कार्यान्वयनमा रोक लाग्ने गरी नयाँ कानुनको पक्षमा निर्णय गरेका छन् ।

आप्रवासीका अभिभावकको तर्फबाट अमेरिकी सिभिल लिबरिटिज युनियनले राखेको नयाँ कानुनी व्यवस्थाको पक्षमा न्यायाधीशले निर्णय गरेका हुन् । ‘क्लास एक्सन ल सुट’ नामको सो नयाँ प्रावधानको विरुद्धमा ह्वाइट हाउसले धारणा राखी सकेको छ। ‘सर्वोच्च अदालतको निर्णयको बर्खिलाप जान नपाउने विश्वव्यापी मान्यताको विरुद्धमा यो निर्णय भएको छ’, ह्वाइट हाउसका प्रवक्ता हेरिसन फिड्सले जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको संविधान अनुसार त्यहाँ जन्मने बच्चाले स्वतः नागरिकता पाउने छन् । राष्ट्रपति ट्रम्पले कागजात नभएका आप्रवासी तथा छोटो समयका लागि त्यहाँ आउनेको हकमा यो निर्णय लागु नहुने गरी निर्णय गरेका छन् । राष्ट्रपतिको यो निर्णय पनि कानुनी लडाइँ चली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन