दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ

एजेन्सी, २६ असार । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ ।

उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो । 

युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए ।

सिओलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार उनलाई पक्राउ गर्न आदेश दिएका हुन् । अदालतले युनले प्रमाण नष्ट गर्न सक्ने डर रहेको बताएको छ । युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको आरोपमा मुद्दा चल्नेछ।  

बुधबार भएको सात घण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युनलाई पक्राउ गर्न पाँचवटा मुख्य आरोपहरू प्रस्तुत गरेको थियो ।

उनलाई पहिलोपटक जनवरीमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरीले उनको घरको तारबार काटेर उनलाई नियन्त्रणमा लिएको थियो। दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्