अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : प्रवक्ता महत

काठमाडौँ, २५ असार । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन् । 

संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ’, डा. महतले बैंकहरूले साना कर्जा लिनेहरूलाई झन्झटमा पारिरहेको र ठूला कर्जालाई प्राथमिकता दिएकोप्रति आपत्ति जनाए। ‘यो मानसिकता उल्ट्याउनुपर्छ’, उनले भने । 

कृषि विकास बैंकको उद्देश्य नै अहिले बिग्रिएको उनले बताए । ‘हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्’, उनले आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । सरकारले २७ सहसचिवको सरुवा गरेको छ । गत ३ भदौमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा संघीय

म्याग्दी, ८ भदौ । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा