सोबितालाई बोल्दा हेक्का राखेर बोल्न सुनिताको चुनौती

काठमाडौँ, २५ असार । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको बताएकी छिन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् ।

उनी बोलेपछि लगत्तै बोल्ने क्रममा सांसद बरालले भनिन्, ‘पटकपटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईंलाई सिकाउन हामी तयार छौं । तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु ।’

साथै, उनले संसद् अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने थलो नभएको पनि बताइन् । ‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरने, कुनै कुराको धैर्यता पूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन,’ सांसद बरालले भनिन्, ‘फेरि पनि म दोहोर्‍याएर भन्न चाहन्छु, तथ्यको आधारमा कुरा गरौं, देशको प्रधानमन्त्री दल विशेषमात्रै होइन राष्ट्रको एउटा कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका टोलीको प्रमाण चाहिएको हो भने पुन: फेहरिस्त प्रस्तुत गर्नसक्ने चुनौती पनि पेस गरिन् ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर