‘मैझारो’मा मिरुना मगर अनुबन्धित 

काठमाडौँ, २५ असार । चलचित्र ‘मैझारो’मा मिरुना मगर अनुबन्धित  भएकी छन् ।

धिरज मगरपछि ‘मैझारो’मा मिरुना जोडिएकी हुन् । यो चलचित्रमा धिरन र मिरुनाको अनस्क्रिन जोडी देखिनेछ । 

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘मैझारो’लाई विल्सन विक्रम राईले निर्देशन गर्दैछन् । यो उनको डेब्यु निर्देशन हो ।

यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाले छायांकन गर्नेछन् । छायांकन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ ।

निर्देशक राईले यो चलचित्रको छायांकन इलाम र पाँचथरमा हुने बताएका छन् । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक कथा भन्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५