इलन मस्कले घोषणा गरे नयाँ दल ‘द अमेरिका पार्टी’

एजेन्सी, २२ असार । अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता टुटेपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ,’ मस्कले एक्समा लेखेका छन्, ‘आज, तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ ।’

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी ‘बिग ब्युटिफुल बिल’ मा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेका हुन् । उनले सो विधेयकको कडा आलोचना गर्दै आएका छन् । यसैलाई लिएर ट्रम्पसँग उनको सम्बन्धमा फाटो आएको थियो । उक्त विधेयकले अमेरिकी बजेट घाटा २ ट्रिलियनबाट बढाएर २.५ ट्रिलियन पुर्‍याउने भन्दै मस्कले ‘देशलाई चुर्लुम्मै ऋणमा डुबाउने’ खतरनाक निर्णय भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्