रुसले दियो तालिबान शासनलाई औपचारिक रूपमा मान्यता

एजेन्सी, २० असार । रुसले अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिएको छ ।

बिहीबार रुसले तालिबानलाई आफ्नो प्रतिबन्धित संगठनको सूचीबाट हटाउँदै औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको एपीले जनाएको छ ।

सन् २०२१ मा सत्ताकब्जा गरेपछि तालिबान सरकारले पाएको यो पहिलो औपचारिक मान्यता हो । रुसी विदेश मन्त्रालयले अफगानिस्तानका नवनियुक्त राजदूत गुल हसन हसनबाट ओहोदाको प्रमाणपत्र प्राप्त गरिएको घोषणा गरेको छ । अफगान सरकारको औपचारिक मान्यताले द्विपक्षीय सहयोगलाई प्रोत्साहन गर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


अफगानिस्तानको विदेश मन्त्रालयले यसलाई ऐतिहासिक कदम भनेको छ । र, रुसको यो निर्णयलाई अरू देशका निम्ति राम्रो उदाहरण भन्दै स्वागत गरिएको छ ।

तालिबानले २०२१ अगस्टमा अमेरिका र नेटो सेना फिर्ता भएपछि अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको थियो । त्यसयता तालिबानले इस्लामिक कानुनको कडा व्याख्या लागु गर्दै अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन