अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भियतनामसँग व्यापार सम्झौताको घोषणा

एजेन्सी, १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

योसँगै भियतनामबाट आयातित वस्तुमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो सम्झौताअनुसार भियतनामले अमेरिकी वस्तुमा कुनै शुल्क नलगाउने उल्लेख गरेका छन् ।

अमेरिकाले यसअघि भियतनामबाट आयातित वस्तुमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यो यही जुलाईको दोस्रो साता लागु हुने तय थियो ।

युरोपेली संघ र जापानसहित दर्जनौँ देश अमेरिकी भन्सार शुल्क लागु हुनुअघि व्यापार सम्झौता गर्ने प्रयास गरिरहेका छन् । भन्सार कर आयातित वस्तुमा लगाइन्छ । अर्को देशबाट वस्तु आयात गर्ने कम्पनीले त्यो कर तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्