एलिना र समीक्षाले भेटे गृहमन्त्रीलाई

काठमाडौँ, १७ असार । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।

आज भएको भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । 

मन्त्री लेखकसँगको तस्बिर शेयर गर्दै एलिना फेसबुकमा लेखेकी छन्, ‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद ।’

उनले थप लेखेकी छिन्– ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर