नेपाली टोलीले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

काठमाडौँ, १३ असार । नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियामा नर्दन टेरिटोरी (एनटी) क्रिकेट २०२५ को टप इन्ड टी–२० शृङ्खला खेल्ने भएको छ । यो शृङ्खलाका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

टप इन्ड टी–२० शृङ्खला आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ । आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो ।

टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ । एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन् ।

अहिले आईसीसी टी–२० वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको शुरूमा डार्विन जानेछ । यो शृङ्खलामा नेपालले अस्ट्रेलियाका क्लबसँग कम्तीमा ६ खेल खेल्नेछ । शृङ्खलाको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार