काठमाडौँ, १० असार । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ ।
आज मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि शिवान्स बजगाइले सर्वाधिक ३८ रन बनाए । त्यस्तै प्रसिद्ध जैशीले ३३ रन बनाए । जापानका लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो ।






