एजेंसी, १० मंसिर । अर्को हप्ता फेसबुकले सात देशको सामना गर्दैछ ।
फेसबुकले प्रयोगकर्ताका डाटाको असुरक्षा, डाटाको राजनीतिक स्वार्थमा दुरुपयोगका साथै ह्याकिङ्गका घटनाहरुको अन्तर्राष्ट्रिय समितिको सामना गर्नुपर्ने भएको छ ।
बेलायत, अर्जेन्टिना, ब्राजिल, क्यानडा, आयरल्याण्ड तथा सिंगापुरका सांसदहरु सम्मिलित २२ सदस्यीय समितिले अर्को हप्ता फेसबुकका उपाध्यक्षसँग सोधपुछ गर्ने भएको छ ।
लण्डनमा हुने उक्त कार्यक्रममा फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका नीति हेर्ने उपाध्यक्ष रिचार्ड एलानले प्रश्नको जवाफ दिनेछन् ।






