मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता

नयाँदिल्ली, ८ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पजेशकियानसँग कुराकानी गरेका छन् । 

यस कुराकानीबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत जानकारी दिएका हुन् ।

‘मैले इरानका राष्ट्रपतिसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थामाथि विस्तारमा छलफल गर्‍यौँ ।बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्‍यौँ’, उनले भने, ‘मैले तनाव कम गर्न, संवाद र कूटनीतिलाई प्राथमिकता दिन अपिल गरेँ । यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्व यथाशीघ्र पुनः स्थापना गर्नुको आवश्यकता औँल्याएँ ।’

इजरायलले इरानमा आक्रमण गरेको साता बितिसक्दा पनि अहिलेसम्म भारतले आफ्नो अडान सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।