एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौँ, ८ असार । ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए । त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए । नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको