आणविक कार्यक्रम रोकिन्न : इरान

एजेन्सी, ८ असार । इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका छन् ।

उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बताएका हुन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको टेलिफोन वार्तामा पेजेश्कियानले इरान आफ्नो आणविक कार्यक्रमबारे विश्वसनीयता कायम गर्न आवश्यक ग्यारेन्टी दिन तयार रहेको जनाएका छन् ।

तर धम्की वा युद्धको डर देखाएर इरानलाई पछाडि हट्न बाध्य पार्न नसकिने उनको भनाइ थियो । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार, पेजेश्कियानले इजरायलका आक्रमण जारी रहे भने इरानको प्रतिक्रिया अझै ‘ध्वंसात्मक’ हुने चेतावनी पनि दिए ।

उनले शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा विश्वास निर्माण गर्न संवाद र सहकार्य गर्न इरान तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।