नबिल बैंकद्वारा बिरामी बचतकर्तालाई तीन लाख ‘नबिल केयर’

काठमाडौं, १० मंसिर । नबिल बैंकले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम ल्याएको छ ।

बैंकले मेटालाइफसँगको सहकार्यमा १३ वटा घातक रोगको उपचार खर्च उपलब्ध गराउने स्किम ल्याएको हो ।

क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, फुलमिनेन्ट हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भिर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग/बोनम्यारो प्रत्योरोपणलगायत १३ प्रकारका घातक रोगमा बीमा उपलब्ध हुने नबिल बैंकले जनाएको छ ।

उपचारका लागि बीमा बापत ३ लाख रुपैयाँ उपलब्ध हुनेछ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा ३ लाखका साथै परिवारलाई थप ७५ हजार रुपैयाँ पनि उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE):

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा