काठमाडौँ, ७ असार । फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ तेस्रो हप्तादेखि हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्राालिले दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को औपचारिक मिति घोषणा गरेको छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म काठमाडौँमा आयोजना हुनेछ ।
नेपाल भलिबल सङ्घले औपचारिक स्वीकृति दिएसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले जानकारी दिए । प्रतियोगितामा पहिलो संस्करणमा जस्तै यसपालि पनि छ टिमको सहभागिता रहनेछ ।
हरेक टिमले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।






