इजरायल–इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस

काठमाडौँ, ७ असार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गरेका छन् ।

सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिएका हुन् । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उनले युद्ध हुन दिन नहुने बताए । उनले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गरे ।

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उनको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गरे ।

इजरायल र इरानबीचको द्वन्द्व द्रूत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।