तेहरान, ५ असार । इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी सहरहरू अरक र खोन्डुबका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।
अराकमा हेभी वाटर रियाक्टर छ । यो रियाक्टर इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । अरकमा ठुलो मात्रामा हतियार पनि उत्पादन गरिन्छ ।
खोन्दबमा पनि आईआर–४० नाम गरेको हेभी वाटर रिएक्टर । यो पनि इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । यो स्थान अरकबाट लगभग ४० किलोमिटर टाढा छ । अरकलाई जस्तै यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिँदै आएको छ ।
पछिल्लो ६ दिनमा यस इरान–इजरायल युद्धमा २४ इजरायली नागरिक मारिएका छन् । यसैबिच, वासिङ्टनस्थित एक मानवअधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ६३९ पुगेको बताइएको छ । यी आक्रमणमा कम्तीमा पनि १ हजार ३२९ जना घाइते भएको दाबी उसले गरेको छ ।







