इरानले रूससँग सहयोग मागेको छैन : पुटिन

एजेन्सी, ५ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र इरानबीचको द्वन्द्वबारे बोल्दै इरानले रूससँग सहयोग नमागेको बताएका छन् ।

रुसको सेन्ट पिटर्सबर्गमा सम्पादकहरूसँग आयोजना गरिएको गोलमेच बैठकको छलफलमा पुटिन भने, “हामी कसैलाई गल्तीका लागि दोष दिँदैनौँ, हामी केवल यो परिस्थितिबाट निस्कने सम्भावित मार्गहरू कसरी पहिल्याउने भन्ने कुरा गरिरहेका छौं ।”

समाचार संस्था एसोसिएटेड प्रेसको अनुसार, पुटिनले यो निर्णय सम्बन्धित देशहरूको राजनीतिक नेतृत्व, विशेष गरी इरायल र इरानको हातमा छोडिनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

समाचारसंस्था एएफपीले इरानले रूससँग सहयोग मागेको छ भन्ने प्रश्नमा पुटिनले भने, “हाम्रा इरानी साथीहरूले हामीलाई यसबारे कहिल्यै सोधेका छैनन् ।” बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।